श्रीलंकाले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

नेपालभ्युज

श्रीलंकाले विदेशमा रहेका ३० जना अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने

कोलम्बो ।   श्रीलंकाले विदेशमा कार्यरत ३० श्रीलंकाली अपराधीलाई पक्राउ गरी स्वदेश फिर्ता गर्ने भएको छ ।

श्रीलंकाका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले मंगलबार देशले बाहिरबाट ३० जना श्रीलंकाली आपराधिक व्यक्तिहरूलाई गिरफ्तार गरी स्वदेश फिर्ता गर्न अभियान शुरु गरेको बताएका छन् ।

यी अपराधीमध्ये २९ जना दुबई, संयुक्त अरब इमिरेट्स (युएई) र एक जना फ्रान्समा रहेको मन्त्रीले पत्रकारहरूलाई जानकारी गराएका छन् ।

श्रीलङ्का सरकारले यी अपराधीहरूलाई पक्राउ गर्न ’रेड नोटिस’ प्राप्त गरेको र हाल युएई र फ्रान्ससँग छलफल गरिरहेको उनले बताए  ।

मन्त्रीका अनुसार अपराधीहरूले विगत केही दशकअघि श्रीलंका छोडेका थिए । श्रीलंकामा रहँदा पनि उनीहरू सङ्गठित अपराधमा संलग्न रहेको अनुसन्धानले देखाएको छ । सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved