रुसी सेनामा गएका एक सय नेपाली सम्पर्कविहीन

नेपालभ्युज

रुसी सेनामा गएका एक सय नेपाली सम्पर्कविहीन

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका एक सय नेपाली सम्पर्कविहीन रहेको बताएका छन् ।

बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको पनि उनले बताए।

‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भने, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको उनले बताए।

कतिपय नेपालीहरू युक्रेनको बन्धक छन्। उनीहरूलाई छुटाउन युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved