काभ्रेमा कोठाभित्र गुम्सिएर श्रीमानको मृत्यु, श्रीमती घाइते

नेपालभ्युज

काभ्रेमा कोठाभित्र गुम्सिएर श्रीमानको मृत्यु, श्रीमती घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । काभ्रेमा कोठाभित्र गुम्सिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कोठाभित्र गुम्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडा अध्यक्ष कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती असनी लामा घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको हिटर र कोइला तापेर सुत्दा निस्सासिएर मृत्यु भएको प्रहरीको भनाइ छ । लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

सोमबार बेलुका खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छोराबुहारीले ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

लामाकी श्रीमतीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved