अनुहारमा कोठी भएकाले सामुद्रिक शास्त्र अनुसार यी कुरा जान्नु जरुरी छ

नेपालभ्युज

अनुहारमा कोठी भएकाले सामुद्रिक शास्त्र अनुसार यी कुरा जान्नु जरुरी छ

एजेन्सी । सामुद्रिक शास्त्रमा शरीरको बनावट र चिन्हका अनुसार कयौं संकेत बारे बताइएको छ ।

सामुद्रिक शास्त्रकाअनुसार शरीरको कुनै पनि अंगमा कोठी हुनुले पनि धेरै कुराको संकेत गर्छ । यस विषयमा थाप जान्ने कोसिस गरौं ।

जो व्यक्तिको ओंठमा कोठी हुन्छ ती एकदमै चलाख र कामुक स्वभावका हुन्छन् । यस्तो व्यक्ति खुला विचारधाराका हुन्छन् र दोस्रो व्यक्तिसँग काम निकाल्न पनि माहिर हुन्छन् ।

निधारमा कोठी हुनु एकदमै शुभ मानिन्छ । निधारमा कोठी हुनु भनेको सामुद्रिक शास्त्रअनुसार सौभाग्यको कुरा हो । जो व्यक्तिको निधारमा कोठी हुन्छ त्यस्ता व्यक्ति धनी हुन्छन् ।

सामुद्रिक शास्त्रअनुसार नाकको माथि कोठी हुनु पनि राम्रो मानिन्छ । यस्तो व्यक्तिले सुख सम्पत्ति प्राप्त गर्छन् । यस्ता व्यक्तिको जीवनमा कैयौंपटक धेरै मेहनत गर्दा पनि सफलता नमिल्ने पनि हुन सक्छ ।

ओंठको माथिल्लो भागमा कोठी हुनुको अर्थ हो त्यस्ता व्यक्ति एकदमै कुरौटे हुन्छन् । यस्ता व्यक्ति मानिससँग एकदमै छिटो प्रभावित हुने गर्छन् । यस्ता व्यक्तिलाई महंगा चीजको शोख हुन्छ ।

गालामा कोठी हुनु पनि भाग्यमानी हुनु हो । दायाँ गालामा कोठी हुनुको अर्थ हो त्यस्ता व्यक्तिलाई एकदमै धेरै मेहेनत गर्नुपर्ने हुन्छ ।

अनुहारमा रातो कोठी हुनुको अर्थ त्यस्ता व्यक्तिको वैवाहिक जीवनमा दुर्भाग्य आउन सक्छ । यस्ता व्यक्तिको दाम्पत्य जीवन दुखपूर्ण हुने समुद्रशास्त्रको मान्यता छ ।

यी सबै शास्त्रका कुरा हुन् । जसलाई विश्वास गर्न निकै कठिन छ । तर, कतिपयले यस्ता कुरालाई पनि मान्ने गर्छन् । यसलाई केबल सामान्य जानकारीको रुपमा लिन सकिन्छ ।

जीवनमा सफलता प्राप्त गर्नका लागि कोठीको भन्दा पनि कडा मेहनतको आवश्यकता पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved