रास्वपाको तीनदिने दबाब यात्रा गैंडाकोटबाट सुरु

नेपालभ्युज

रास्वपाको तीनदिने दबाब यात्रा गैंडाकोटबाट सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आजदेखि चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाईका कारण नागरिकले खेप्नु परेको सकसबारे सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा सुरु गरेको सभापति रवि लामिछाने जानकारी दिए ।

यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने लामिछानेले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । १ सय १३ किलोमिटर लामो दबाब यात्रा आजदेखि ३ दिनसम्म चल्ने छ ।

यात्राका क्रममा स्वागत कार्यक्रम नराख्न लामिछानेले सर्वसाधारणलाई आग्रह गरेका छन् । स्थानीयसँग अन्र्तक्रिया र संवाद कार्यक्रम नराखिएको उनले स्पष्ट पारेका छन् ।

उनले सांकेतिक रूपमा सरकारको ध्यानाकर्षण गराउनलाई दबाब कार्यक्रम गरिएकाले सार्वजनिक सवारी साधनको आवतजावतमा आफ्ना यात्राले कुनै अवरोध नगर्ने पनि बताएका छन् ।

दबाब यात्रामा साथ दिन आउनेले पार्टीको झण्डा, लोगो र पार्टीलाई चिनाउने टिसर्ट लगायत केही पनि प्रयोग नगर्न सभापति लामिछानेले आग्रह गरेका छन् ।

यात्रा विहान ९ बजे नवलपरासीको गैंडाकोटबाट सुरु भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved