सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ (तस्वीरहरू)

सर्वनाम थिएटरको १९औं ब्याचका प्रशिक्षार्थीहरूले तयार पारेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन सुरू भएको छ ।

सर्वनाममा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ (तस्वीरहरू)

काठमाडौं । सर्वनाम थिएटरको १९औं ब्याचका प्रशिक्षार्थीहरूले तयार पारेको नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन सुरू भएको छ । नाटकको मञ्चन पुस ८ गतेबाट सुरू भएको हो ।

साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको यस नाटक दिनानुदिन घटिरहेको महिला हिंसा र बलात्कारका घटनाहरूमाथि केन्द्रित रहेको छ ।

नाटकमा समाजमा हुने महिला हिंसालगायतका घटना देखेर पनि आँखा चिम्लिने र नदेखेजस्तो गर्ने प्रवृत्ति, प्रशासनको लाचारीपन, उच्च मनोबलका साथ हिँड्ने अभियुक्तहरूको आचरणलाई उदाङ्गो पार्ने कोसिस गरिएको छ ।

हिन्दू धार्मिक कथा संग्रह श्री स्वस्थानी व्रत कथामा ७० वर्षीय वृद्ध शिव शर्माले सात वर्षीया गोमासँग गरेको विवाहको वरपर रहेर नाटकलाई अगाडि बढाइएको छ ।

रसिक राज र शीतल थोकरको निर्देशनमा तयार भएको नाटकमा रसिक राज, शीतल थोकर, सुरज पराजुली, आकाश झा, बिलबहादुर विक, वाई.एस. पौडेल, सरस्वती दाहाल, सुरज अधिकारी, आरुषजंग सारु मगर, शू–गूँ, विध्यक तिलक, एलिसा तामाङ, युनिसा खनाल, जीवन राज भट्ट र विवेक भुसालको अभिनय रहेको छ ।

यो नाटक पौष १५ गतेसम्म बिहिबार बाहेक हरेक दिन साँझ ५ बजे सर्वनाम थिएटर, कालिकास्थानमा मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे अतिरक्त शो मञ्चन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved