दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

नेपालभ्युज

दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

लमजुङ। दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ।

१४ र १२ वर्षीया बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले दुई जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved