हेर्दाहेर्दैमा राखियो सन्दीप लामिछानेविरुद्धको मुद्दा 

नेपालभ्युज

हेर्दाहेर्दैमा राखियो सन्दीप लामिछानेविरुद्धको मुद्दा 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर मुद्दाको अन्तिम सुनुवाइ आइतबार हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबार भएको सुनुवाइ नसकिएपछि नाबालिगलाई बलात्कार गरेको आरोप लागेका लामिछानेको मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो । यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको छ ।

आज सरकारी वकिलहरुले बहस गरेका थिए । सुरुमा पीडितको तर्फबाट बहस सुरु गरिएको हो ।

आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ।

सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved