नरिवलको पानीले कम हुन्छन् कपालका धेरै समस्या

नेपालभ्युज

नरिवलको पानीले कम हुन्छन् कपालका धेरै समस्या

एजेन्सी । कपाल र छालाका लागि नरिवल पानी एकदमै फाइदाजनक हुन्छ । यसको पानीलाई उपयोग गरेर कपाल झर्न वा चायाँको समस्या पनि कम गर्न सकिन्छ । यो पानीलाई हामीले पिउनु बाहेक पनि धेरै प्रयोग गर्न सकिन्छ । नरिवलको पानीले कपाललाई स्वस्थ र बलियो कसरी बनाउने यसबारेमा यहाँ जानौं–

  • नरिवल पानीले कपाल धुँदा कपाल हाइड्रेट रहन्छ । यसबाहेक यसको तेलले पनि कपालको लम्बाईलाई बढाउने काम गर्छ ।
  • कपाल झर्ने समस्यालाई पनि नरिवल पानीले कम गर्न सक्छ । दैनिक रुपमा यसको प्रयोगले कपालमा रक्तसञ्चार राम्रो हुन्छ जसले गर्दा कपाल बलियो पनि हुन्छ ।
  • नरिवल पानीमा एन्टीब्याक्टेरियल तथा एन्टी फंगल गुण पाइन्छ, जसले कपालमा चायाँको समस्यालाई कम गर्छ । यसको प्रयोगले कपालमा पोषण पनि प्राप्त हुन्छ ।
  • कपाललाई बलियो बनाउनका लागि पनि नरिवल पानीको प्रयोग गर्न सकिन्छ । यसले कपालको जरामा अक्सीजनको आवागमनलाई राम्रो बनाउँछ ।
  • कपाललाई स्वस्थ बनाउनका लागि नियमित रुपमा नरिवल पानीको प्रयोग गर्न सकिन्छ । यसलाई पिउँदा जसरी पोषण प्राप्त हुन्छ त्यसरी नै लगाउँदा पनि उत्तिकै फाइदा हुन्छ ।
  • नरिवल पानीलाई टाउकोमा लगाउनका लागि गुलाब जल र नरिवल पानीलाई एकसाथ राम्रोसँग मिसाउनुहोस् । अब यो मिश्रणलाई सफा कपालको जरादेखि टुप्पासम्म लगाउनुहोस् । केहीबेर राखेर यसलाई धुन सकिन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved