पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु

नेपालभ्युज

पछिल्लो ४८ घण्टामा इजरायली हमलामा ३९० प्यालेस्टाइनीको मृत्यु
फाइल फोटो

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयले गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा ३९० प्यालेस्टाइनीको मृत्यु भएको र ७३४ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा कम्तिमा २० हजार ५७ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने ५३ हजार ३२० जना घाइते भएका छन् ।

करिब दुई दिनको अवरोधपछि बिहीबार राति गाजामा सञ्चार र इन्टरनेट सेवा सञ्चालन भएको प्यालेस्टिनी सुरक्षा स्रोतले जनाएको छ । इजरायलले विगत दुई दिनदेखि गाजा पट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण गरिरहेको छ ।

त्यस्तै रफाह बाहेक गाजाका अधिकांश क्षेत्रमा इजरायली सेना र सशस्त्र प्यालेस्टिनी गुटहरूबीचको लडाइँ जारी रहेको स्रोतले जनाएको छ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved