कानूनमन्त्री भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राजनीतिक सहमतिमै टुंग्याउनुपर्छ

नेपालभ्युज

कानूनमन्त्री भन्छन्- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राजनीतिक सहमतिमै टुंग्याउनुपर्छ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई राजनीतिक सहमतीमा टुंग्याउनुपर्ने धारणा राखेका हुन् ।

उनले उक्त विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुका बिचमा पटक–पटक छलफल भए पनि सहमति जुट्न नसकेको बताए ।

उनले शीर्ष तहमा छलफल भइरहेको भन्दै सहमतिको प्रयास सम्भव नभएमा मात्रै अर्को विकल्प सोच्नुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved