एमाले छाडेका पूर्व सांसद शाह बने राप्रपा नेपालको उपाध्यक्ष

नेपालभ्युज

एमाले छाडेका पूर्व सांसद शाह बने राप्रपा नेपालको उपाध्यक्ष

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  पूर्व सांसद गोविन्द विक्रम शाहलाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।

शाहको  मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै अध्यक्ष कमल थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्व सांसद र तत्कालीन जिविस सभापति हुन् ।  शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved