कांग्रेसको मधेस सम्मेलनमा बन्दसत्र सुरु

नेपालभ्युज

कांग्रेसको मधेस सम्मेलनमा बन्दसत्र सुरु

काठमाडौं । जनकपुरधाममा जारी नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र आजदेखि सुरु भएको छ । महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको बताइएको छ ।

प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठले सांगठनिक र राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

कोषाध्यक्ष प्रदीप यादवले आर्थिक प्रतिवेदने पेस गर्ने छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधि सहभागी छन् । सम्मेलनको पार्टी सभापति शेरवहादुर देउवाले उद्घाटन गरेका थिए ।

वरियताक्रममा असन्तुष्टि जनाउदै नेता शेखर कोइरालाले भने सम्मेलनमा सहभागिता जनाएका थिएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved