दैनिक हजारौं युवा विदेश जाने क्रम सरकारले तत्काल रोक्नुपर्छः अध्यक्ष ढकाल

नेपालभ्युज

दैनिक हजारौं युवा विदेश जाने क्रम सरकारले तत्काल रोक्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दैनिक हजारौं नेपाली युवा विदेश जाने क्रमलाई सरकारले तत्काल रोक्न आवश्यक रहेको बताएका छन् ।

बुधवार महासंघको शिक्षा,सीप विकास तथा रोजगार समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनले उद्योगहरुमा श्रमिकको अभाव भइरहेको अवस्थामा स्वदेशका हजारौ जनशक्ति बाहिरिएको अवस्था रहेको बताए । उनले दैनिक हजारौं युवाहरु विदेशिनुको कारण सरकारको कमजोरी रहेको बताए ।

उनले नेपालमा चरम बेरोजगारी भएपनि नेपाली उद्योगहरुमा श्रमिकको अभावको कारण भारत र बंगलादेशबाट श्रमिकहरु ल्याएर काम लगाउनुपरेको बताए ।

उनले सरकारले दक्ष जनशक्तिलाई विदेश जानबाट रोकेर नेपालमा नै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले नेपालका जिम्मेवारी निकायहरुले आफ्नो मात्रै कुरा गर्ने तर जनताको पक्षमा काम नगरेकाले समस्या आएको बताए ।

उनले वन मन्त्रालयले वन,भौतिक पूर्वाधारले पूर्वाधार,अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफ्ना मात्रै कुरा गर्ने गरेकोले धेरै विद्यार्थी र युवाहरु बाहिर जान बाध्य भएको दाबी गरे । अध्यक्ष ढकालले हजारौ युवाहरुसँग नेपालको अबौं विदेशी मुद्रा बाहिरिएको जिकिर गरे ।

उनले सरकारले समयमा नै विचार गरेर दैनिक हजारौ नेपाली युवाहरु विदेश जाने क्रमलाई तत्काल करेक्शन गर्न आवश्यक रहेको बताए । उनले सरकारले अहिले देशको आवश्यकतालाई हेरेर निर्णय गर्न आवश्यक देखिएको उल्लेख गरे।

समिति महासंघका कार्यकारी सदस्य सभापतिमा गोपाल खनाल,उपसभापतिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी,मधुकर पाण्डे,उप्रन्द्र शर्मा घिमिरे र सदस्यहरुमा प्रकाश पाण्डे, नारायण प्रसाद पौडेल, निर्मल सापकोटा र अनिल पराजुली रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved