‘सङ्कल्प यात्रा’ को समीक्षामा एमाले

नेपालभ्युज

‘सङ्कल्प यात्रा’ को समीक्षामा एमाले

काठमाडौं । नेकपा (एमाले) सङ्कल्प यात्राको समीक्षामा जुटेको छ ।

अहिले पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको छ । अनौपचारिक भनिएको बैठकमा विशेषगरी सङ्कल्प यात्राको समीक्षा हुने सचिव योगेशकुमार भट्टराईले बताए ।

एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियान चलाएको थियो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पदाधिकारी, जनवर्गीय संगठनका नेता/कार्यकर्तादेखि गाउँ कमिटीसम्म सिंगो पार्टी यो यात्रामा परिचालन भएको थियो ।

बैठकमा अभियानको क्रममा आएका सुझाव, आगामी कार्यक्रम, समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved