माओवादी पदाधिकारी बैठक भोलिका लागि सर्‍यो

नेपालभ्युज

माओवादी पदाधिकारी बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलिसम्मका लागि सरेको छ ।

आजका लागि बस्ने भनिएको बैठक भोलि बिहानसम्मका लागि सरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

भोलि बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ ।

“पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीज्यूको कार्य-व्यस्तताका कारण बैठक सरेको हो,” प्रवक्ता सापकोटाले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved