जि.डब्लु.एमको विन्टर अफरः ‘दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स’

नेपालभ्युज

जि.डब्लु.एमको विन्टर अफरः ‘दि लक्सरी ड्राईभ र गियर अप फर ग्रेट डिल्स’

काठमाडौं । जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि. इम्पेक्स प्रा. लि.ले लक्जरी, सेभिङका साथ विन्टर अफर ल्याएको छ । लक्जरी ड्राइभको आनन्द लिन चाहनेहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

लक्जरी ड्राइभ खोज्नेहरूका लागि जि.डब्लु.एमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएकोे ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभी हरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved