एनसेलका मालिकलाई राम्रै चिनेको छु तर अनुहार हेरेर छाडिँदैन : प्रधानमन्त्री

नेपालभ्युज

एनसेलका मालिकलाई राम्रै चिनेको छु तर अनुहार हेरेर छाडिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलका मालिकसँग आफ्नो चिनजान र उठबस भए पनि देशको मामिलामा कठोर हुने बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एनसेलको पछिल्लो खरिद बिक्रीबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘यो प्रकरणमा सरकारी निकाय कसैलाई पनि थाहा थिएन । मैले थाहा पाउने त झन कुरै भएन ।’ तर, जवाफका क्रममा उनले आफूले एनसेलका मालिकलाई राम्रैसँग चिन्ने गरेको पनि खुलाए ।

‘मैले उनीहरुलाई राम्रैसँग चिनेको छु । मलाई केही थाहा छैन भन्ने हैन । मेरो श्रीमती विरामी भएको बेला दुई पटक सिंगापुरमा गएर उनै साथीहरुसँग बसेको पनि छु । शेरबहादुर जी पनि गएर बस्नु भएको छ । केपी ओलीजी पनि बस्नु भएको छ । हाम्रो बीचमा कुरा पनि हुन्छ ।’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले चिनजान छ भनेर देशको हितविरुद्ध जानेलाई नछाड्ने बताए । उनले भने, ‘राष्ट्र र जनताका विरुद्ध, हाम्रो ऐन, कानुन र संविधानका विरुद्ध, हाम्रो सिस्टमका विरुद्ध जो जान्छ तिनिहरुसँग लड्न तयार भएको हो । चिनेजानेका नाताले अनुहार हेरेर मानिदैन । राष्ट्र र जनताको हित नै मुख्य कुरा हो, लडिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved