मधेस प्रदेशका सभामुख मण्डलले राखेका कर्मचारीको तलब रोक्का

मधेस प्रदेशका सभामुख मण्डलले राखेका कर्मचारीको तलब रोक्का

जनकपुरधाम- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले राखेका कर्मचारीको सेवा सुविधा कटौती गरिएको छ ।

दरबन्दीभन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दबाब दिँदा नमानेपछि सभामुख मण्डल कर्मचारीबाट असन्तुष्ट भएका छन् । दरबन्दीभन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डलले कर्मचारीलाई दबाब दिँदै आएका छन् ।

तर, कर्मचारीले भने अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार तलब सुविधा मात्र दिन सक्ने भनेपछि सभामुख आक्रोशित भएका छन् । अर्थ मन्त्रालयले भने सभामुखलाई कर्मचारी संख्या कम गरी सेवा सुविधामा कटौती गर्न भनेको छ।

स्रोतका अनुसार अर्थ मन्त्री संजयकुमार यादवले गत असारमै कर्मचारी कटौती गर्न आग्रह गरिसकेका छन् तर प्रदेश सभामा अहिले पनि उनका पार्टीका कार्यकर्ता सचिवालयमा बस्दै आएका छन् । एक कर्मचारीका अनुसार दरबन्दीभन्दा बढी कर्मचारीको सेवा सुविधा कटौती गरिएको छ ।

सभामुख मण्डलले आफ्नो निजी सचिवालयमा आफ्ना ज्वाईसँगै पार्टीका नेता कार्यकर्ता भर्ती केन्द्र बनाएपछि अर्थ मन्त्रालयसँग टकरावको अवस्था आएको छ । नाै जनाको दरबन्दी रहेको सभामुखको सचिवालयमा करिब १५ जना कार्यरत रहेका छन् । सेवा सुविधा प्राप्त नगर्नेहरु पटक पटक पेट्रोल, भत्ता लगायत मागेर  कर्मचारीलाई तनाव दिने गरेका छन् ।

सभामुख मण्डलको जनकपुरधाममै घर हुँदा हुँदै उनी प्रदेश सभाको क्वाटरमा बस्ने गरेका छन् । प्रदेश सभा सदस्यका लागि जनकपुरधाममा घर भएकालाई क्वाटर नदिने नलिने आपसी सहमति भए पनि सभामुख क्वाटर कब्जा गरेर बसेका छन् । आफ्ना परिवारसँगै क्वाटरमा बस्दै आएका सभामुख मण्डललाई अर्थ मन्त्रालयले बजेट कटौती समेत गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved