एकीकृत समाजवादीमा ठूला नेता जोगाउने गरी उमेर हदको प्रस्ताव पेश

केन्द्रीय सदस्य चुन्ने विधिबारे विवाद

नेपालभ्युज

एकीकृत समाजवादीमा ठूला नेता जोगाउने गरी उमेर हदको प्रस्ताव पेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी सचिवालय बैठकमा नेताको उमेर हदसम्बन्धी प्रस्ताव पेश भएको छ।

बैठकमा पेश भएको विधान संशोधनसम्बन्धी प्रस्तावमा शीर्ष नेताहरूलाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन मिल्ने गरी उमेर हदको प्रस्ताव पेश भएको हो।

एक नेताका अनुसार केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका ३० प्रतिशत ४० देखि ६० वर्षसम्मका ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व रहने हुने गरी प्रस्ताव पेश भएको छ।

बैठकमा प्रस्तुत विधान संशोधन मस्यौदाका केही प्रावधानमा भने विवाद देखिएको छ । नेताहरूबीच केन्द्रीय सदस्य बन्न तल्लो तहबाटै प्रतिनिधि छनोट भएर आउनु पर्ने वा सोझै बन्ने भन्नेबारेमा मतभेद भएको हो ।

बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्षसहित शीर्ष नेताहरूले पनि तल्लो कमिटीबाटै निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका छन्। जुन प्रस्तावमा केही नेताहरुको असहमति छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved