देउवाको स्वीकारोक्ति : पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेस कमजोर भयो

नेपालभ्युज

देउवाको स्वीकारोक्ति : पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेस कमजोर भयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेस कमजोर भएको बताएका छन् । पार्टीभित्र घात गर्नेलाई कारबाही गर्नसमेत नपाएको उनको गुनासो थियो ।

कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सकेसम्म कांग्रेसलाई एकल बहुमत दिलाउन र नसके पनि ठूलो पार्टी कायम राख्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

संविधानअनुसार अहिलेको निर्वाचन प्रणालीबाट कुनै पार्टीको पनि बहुमत नआउने भन्दै उनले बताएका छन् । ‘अहिलेकै अवस्थामा एकल बहुमत आउन धेरै गाह्रो छ । त्यसैले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘हाम्रो पार्टीमा घात, अन्तर्घात पनि छ । खुट्टा तानातान पनि हाम्रो पार्टीमा भइरहेकै हो, अहिले होइन पहिलेदेखि नै । त्यसैले हाम्रो पार्टीलाई पनि सुर्धानुछ। घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा फेरि कारबाही गर्न पाइँदैन भन्छन् ।’

उनले अहिलेको अवस्थामा कांग्रेसलाई सबै मिलेर एक गराएर हिँड्नुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved