‘नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका नागरिकमैत्री हुनुपर्छ’

नेपालभ्युज

‘नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका नागरिकमैत्री हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका नागरिकमैत्री हुनुपर्ने बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै उनले भने, “नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही, पारदर्शी र नागरिकमैत्री हुनुपर्दछ ।”

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ललितपुर महानगरपालिकाले त्यो जिम्मेवारी पूरा गरेको भन्दै प्रशंसा गरे ।

“समग्र स्थानीय सरकारको विश्लेषण गर्दा त्यो जिम्मेवारी र जवाफदेहिता पूरा गर्न सफल भएकोमा म ललितपुर महानगरपालिकाका जनप्रतिनिधिसहित सम्पूर्ण परिवारमा धन्यवाद व्यक्त गर्दछु,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved