आयोगले आज चुनाव चिन्ह प्रदान गर्दै

नेपालभ्युज

आयोगले आज चुनाव चिन्ह प्रदान गर्दै
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले आज दलहरुलाई चुनाव चिन्ह प्रदान गर्दै छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले चुनाव चिन्ह प्रदान गर्न लागेको हो ।

दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको आयोगले जनाएको छ । दर्ता भएका तिनै दलले चुनाव चिन्ह पाउने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved