पच्चीस किलो चरेस करोबार गरिरहेको बेला २ जना पक्राउ

नेपालभ्युज

पच्चीस किलो चरेस करोबार गरिरहेको बेला २ जना पक्राउ

काठमाडौं ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।

धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, “सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।”

यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved