नागरिकलाई बैंकिङ पहुँचमा ल्याउन सक्रिय ग्लोबल आइएमई, के भन्छन् अध्यक्ष ढकाल ? 

नेपालभ्युज

नागरिकलाई बैंकिङ पहुँचमा ल्याउन सक्रिय ग्लोबल आइएमई, के भन्छन् अध्यक्ष ढकाल ? 

काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

बिहीबार ग्लोबल आईएमई बैंकको १७ औँ  वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरूमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९÷०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए ।

उनका अनुसार बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०७९÷०८० को नाफाबाट १ प्रतिशत बोनस शेयर वितरण प्रश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उनको भनाई छ ।

उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब  र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गर्दै गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि  भएको जानकारी दिए । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा  बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उनले उल्लेख गरेका छन् ।

‘आर्थिक वर्ष २०७९÷०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ’, उनले भने ‘बैंकले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।’

उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताएका छन् । कोरियामा समेत बैंकको शाखा खोल्न प्रयास जारी रहेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved