प्युठानमा बेहुली लिन जाँदै गरेका जन्तीलाई जीपले ठक्कर दिँदा जनप्रतिनिधिको मृत्यु

नेपालभ्युज

प्युठानमा बेहुली लिन जाँदै गरेका जन्तीलाई जीपले ठक्कर दिँदा जनप्रतिनिधिको मृत्यु

प्युठान । प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।

बेहुली लिन सदरमुकाम खलंगातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जीपले जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जीप बिहीबर बिहान दुर्घटना भएको हो । दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का दामोदर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मल्लरानी गाउँपालिका –३ का वडा सदस्यसमेत हुन् ।

बाटोमा रमाइलो गर्दै बेहुली लिन जाँदै गरेको जन्तीलाई जीपले ठक्कर दिएको हो ।

एक्कासी टायर पन्चर भएर अनियन्त्रित हुँदा जीपले जन्तीलाई ठक्कर दिएको थियो । पाँच जना जन्ती घाइते छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved