एकैदिन २८ सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

एकैदिन २८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढ्न थालेको छ । ऐतिहासिक रेकर्ड राखेर घट्न थालेको सुनको मूल्य आज फेरि उकालो लागेको हो ।

सुनको मूल्य आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख१८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बुधबार मात्रै मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved