आईसीसी टी–२० आई विश्वकप छनोटका खेलाडीहरूलाई पुरस्कृत गर्दै डिशहोम

नेपालभ्युज

आईसीसी टी–२० आई विश्वकप छनोटका खेलाडीहरूलाई पुरस्कृत गर्दै डिशहोम

काठमाडौं । डिशहोमले आइतबार १० डिसेम्बर, २०२३ मा भैसेंपाटीमा रहेको आफ्नै मुख्य कार्यालय परिषद् भित्र कार्यक्रम गरी पुरस्कार जित्ने खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव (पारस खड्का, मुख्य प्रशिक्षक मोन्टी देसाई, कप्तान)रोहित कुमार पौडेल लगायत अन्य खेलाडीहरू पनि उपस्थित भएका थिए ।

२९ अक्टोबर, २०२३ देखी सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो । पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ । त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।

एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्ध शतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।

नेपाल दश वर्षपछि टी २० विश्वकपमा छनोट भइसकेको त हामी सबैलाई अवगत नै छ । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा ०३ नोभेम्बर,२०२३ मा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको थियो ।

युएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । यसै सँगै डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले उत्साह व्यक्त गर्दै भने, “हामी नेपाल टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित छौँ । हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved