शान्ति प्रक्रिया टुंग्याउन खोज्दा सरकारमाथिको प्रहार बढिरहेको छ : प्रधानमन्त्री

नेपालभ्युज

शान्ति प्रक्रिया टुंग्याउन खोज्दा सरकारमाथिको प्रहार बढिरहेको छ : प्रधानमन्त्री
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय निरुपणसँगै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेपछि सरकारमाथि चौतर्फी प्रहार बढेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि नयाँनयाँ ठाउँबाट प्रहार गर्ने काम भइरहेको बताएका हुन् ।

‘मैले हिजो युद्धका क्रममा सहिद भएका परिवारहरू, बेपत्ता भएका योद्धाका परिवारहरू र सबैखाले पीडितलाई बालुवाटारमा बोलाएर प्रत्यक्ष संवाद गरें’, उनले भने, ‘तर एकथरीलाई यो पचिरहेको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लाग्यो भनेर सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको छ ।’

आफूले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्यो भन्ने दुष्प्रचार गरेको भन्दै आपत्ति पनि जनाए । प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय राम्रा काम दबाइदिने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादीहरु सल्बलाइरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved