गौतमको राजीनामापछि संसद सचिवालयको महासचिवमा पाण्डे सिफारिस

नेपालभ्युज

गौतमको राजीनामापछि संसद सचिवालयको महासचिवमा पाण्डे सिफारिस

काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनको राजीनामा पछि उक्त पदका लागि पदमप्रसाद पाण्डेको नाम सिफारिस भएको छ ।

गौतमले आइतबार साँझ राजीनामा बुझाएका हुन् । उनले पदावधि सकिन ८ महिना बाँकी रहँदै राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

गौतमको राजीनामापछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved