एमाले टोली दोलखा हुँदै रामेछाप पुग्ने

नेपालभ्युज

एमाले टोली दोलखा हुँदै रामेछाप पुग्ने

काठमाडौं । नेकपा एमालेको यात्रा टोली आज रामेछाप पुग्दै छ । मध्यपहाडी लोकमार्ग केन्द्रित एमालेको संकल्प यात्रा आफ्ना संस्थापक नेता पुष्पलालको जन्मथलो पुग्ने भएको हो । यात्राको १२ औं दिन टोली बिहान धुलिखेलबाट पूर्व प्रस्थान गरिसकेको छ ।

धुलिखेलबाट अघि बढेको यात्रा दोलखातर्फ अघि बढेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

अघि बढ्ने क्रममा अध्यक्ष केपी ओलीले दोलालघाट, खाडीचौर, खरीढुंगा, चरिकोट, किर्ने लगायतका ठाउँमा स्थानीयबासिन्दाहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

त्यहाँबाट टोली रामेछाप पुग्नेछ । टोली आज मन्थलीमा बास बस्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved