दुर्घटनामा एकै विद्यालयका दुई शिक्षकको मृत्यु

नेपालभ्युज

दुर्घटनामा एकै विद्यालयका दुई शिक्षकको मृत्यु

काठमाडौं । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

शनिबार साँझ माडी नगरपालिका–१, बरुवास्थित चिताई खोलाको पुलमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँका हुन् ।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै अर्को दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक थाहा नगरपालिका–१० का ३० वर्षीय मनोज गमालको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् ।

घाइते ४८ वर्षीय शम्भु गमालको उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved