१० वर्षभित्रै गरिन् २५ फिल्म तर सबै फ्लप

नेपालभ्युज

१० वर्षभित्रै गरिन् २५ फिल्म तर सबै फ्लप

एजेन्सी । आज हामी बलिउडकी ती अभिनेत्रीको बारेमा बताउँदैछौं जो आफूले खेलेका सबै फिल्ममा फ्लप भएपछि म्यूजिक भिडिओतिर लागेकी छन् । उनी हुन् उर्वशी रौतेला ।

उर्वशीको नाम क्रिकेटर ऋषभ पन्तसँग पनि जोडिएको थियो । उर्वशी र ऋषभ पन्तलाई लिएर कुनै समय एकदमै धेरै चर्चा हुने गरेको थियो । उर्वशीले सन् २०१४ मा हनी सिंहसँग म्यूजिक भिडियो गरेर चर्चा कमाएकी थिइन् ।

त्यसपछि उर्वशीले धेरै फिल्ममा अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । तर उनले मूख्य भूमिका गरेको एउटा पनि फिल्म हिट भने हुन सकेन ।

उर्वशी रौतेलाले सन् २०१३ मा सनी देओलसँग फिल्ममा काम गरेकी थिइन् । सोही वर्ष रिलीज भएको फिल्म सिंह साहब द ग्रेट फिल्ममा उनी अभिनेत्री बनेकी थिइन् । तर फिल्म बक्स अफिसमा नराम्रोसँग पिटिएको थियो ।

त्यसपछि उर्वशीले धेरै फिल्ममा काम गरिन् तर उनले फिल्म करिअरमा सफलता प्राप्त गर्न सकिनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved