रोल्स रोयस लिने बलिउडकी पहिलो अभिनेत्री

नेपालभ्युज

रोल्स रोयस लिने बलिउडकी पहिलो अभिनेत्री

एजेन्सी । बलिउडमा ६० को दशकमा नादिराले एकदमै धेरै कमाएकी थिइन् । यहुदी परिवारमा ५ डिसेम्बर सन् १९३२ मा नादिराको जन्म भएको थियो ।

नादिराले ६० देखि ७० को दशकसम्म आफ्नो कलाले धेरै प्रसंशक कमाएकी थिइन् । भिलेनको भूमिका निर्वाह गर्ने नादिरालाई ‘हन्टर वाली’ भनिन्थ्यो ।

नादिराले १० वर्षको उमेरमै हिन्दी फिल्म ‘मौज’ बाट फिल्मी करिअरको सुरुआत गरेकी थिइन् । ‘श्री ४२०’, ‘दिल अपना प्रीत पराई’, ‘हंसते जख्म’, ‘पाकीजा’ जस्ता फिल्म उनको करिअरमा सफल मानिन्छन् ।

उनी विलासी कार रोल्स रोयस खरिद गर्ने पहिलो भारतीय अभिनेत्री थिइन् । ९ फेब्रुअरी सन् २००६ मा नादिराले अन्तिम स्वास लिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved