संघीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

नेपालभ्युज

संघीयताले  देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीयताका कारण देशमा विकास भएको बताएका छन् ।

नेपाली कांग्रेस दाङले घोराहीमा बिहीबार पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताए । पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाए ।

“भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ । निर्दोषलाई फसाउनु हुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन”, उनले भने ।

एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्नुहुँदै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved