सलमान खानसँग मुख्यमन्त्री ममताको नृत्य

नेपालभ्युज

सलमान खानसँग मुख्यमन्त्री ममताको नृत्य

एजेन्सी । भारतको कोलकातामा वर्षको सबैभन्दा उत्साहित समय शुरु भइसकेको छ । कोलकाता इन्टरनेशनल फिल्म फेस्टिवल २०२३ को पर्खाई धेरैलाई हुन्छ । यसको सुरुआत पाँच डिसेम्बरमा भइसकेको छ ।

फिल्म फेस्टिवलको उद्घाटन समारोहमा सलमान खान, महेश भट्ट, अनिल कपूर, सोनाक्षी सिन्हा र शत्रुधन सिन्हा जस्ता कलाकार पुगेका थिए । यसक्रममा सलमान खानलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग नृत्य गरेको देखियो ।

उद्घाटन समारोहमा सलमान खान र ममता बनर्जीको एउटा भिडिओ आएको छ । स्टेजमा सलमान, मुख्यमन्त्री ममतासँग नृत्य गर्न आग्रह गर्छन् । उनी पहिला त नृत्य गर्न मान्दिनन् तर पछि महेश भट्टले उनलाई उठाइहाल्छन् ।

सबै कलाकार मिलेर नृत्य गर्छन् । सलमान ममता एकसाथ नाँचेको देखिन्छन् ।

कोलकाता इन्टरनेशनल फिल्म फेस्टिवल २०२३ डिसेम्बर १२ सम्म चल्नेछ । यसमा भारतदेखि रोमानिया, मेक्सिको, जर्मनी, फ्रान्स सहित बंगलादेश र कजाकिस्तानका फिल्म पनि देखाइनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved