मधेसको क्रिकेट टिमलाई प्रदेश सरकारको सम्मान, पाँच लाख रुपैयाँ पनि दिने

मधेसको क्रिकेट टिमलाई प्रदेश सरकारको सम्मान, पाँच लाख रुपैयाँ पनि दिने

काठमाडौं। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित हासिल गरेको मधेश प्रदेश टोलीका खेलाडी एवम् पदाधिकारीहरुलाई मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका छन् ।

बुधबार मुख्यमन्त्री यादवले खेलकुद विकासको लागि आफू प्रतिवद्ध भएको बताउँदै उनले प्रदेशका खेलाडीलाई सुविधा दिएर हरेक जिल्लामा खेलकुदको सुदृढ पूर्वाधार खडा गरिने जानकारी दिए।

सो अवसरमा मुख्यमन्त्री यादवले प्रोत्साहनस्वरुप प्रदेशको विजयी टोलीलाई ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरे। मुख्यमन्त्री यादव, प्रदेश सभा सदस्य रामाशीष यादव एवं प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरेले खेलाडी, प्रशिक्षक एवं पदाधिकारीलाई खादा ओढाई सम्मान गरेका थिए ।

पोखरामा मंसिर १५ गते भएको रोमाञ्चक फाइनलमा मधेस प्रदेशले १० जना राष्ट्रिय खेलाडी सामेल त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गरेर उपाधि जितेको थियो । नेपाल क्रिकेट संघ क्यान का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न मुख्यमन्त्रीसँग आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved