बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

नेपालभ्युज

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
सांकेतिक तस्वीर।

सुर्खेत । सल्यानमा बन्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले अन्दाजी ४० वर्षकी श्रीमती सितली सार्कीको धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार बिहान डम्मरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने सार्कीलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved