चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा भेटिए

नेपालभ्युज

चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा भेटिए
सांकेतिक तस्वीर।

वीरेन्द्रनगर । चार दिनदेखि बेपत्ता भएका स्वास्थ्यकर्मीको शव फेला परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय अंग फडेराको घरभन्दा आधा घन्टा टाढाको दूरी रहेको शव फेला परेको हो ।

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव फडेरा मृतावस्थामा फेला परेका हुन् । पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ। गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विस्तृत जानकारी अझै आउन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved