अहिले सरकार फेर्ने कुरै छैन : कांग्रेस महामन्त्री शर्मा

नेपालभ्युज

अहिले सरकार फेर्ने कुरै छैन : कांग्रेस महामन्त्री शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताएका छन् । नेपाल प्रेस युनियन बाजुरा शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा कुनै कुरा नभएको बताएका हुन् ।

महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ थियो ।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved