एनसेलको शेयर बिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरू)

मंगलबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन गरेको हो ।

एनसेलको शेयर बिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मंगलबार नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो ।

एनसेलको साझेदार मलेसियन कम्पनी आजियाटाले कर छल्ने नियतका साथ कम मूल्य देखाएर शेयर बेचेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले मागहरु पूरा नभए एनसेलका गाडीहरु समेत चल्न नदिने चेतावनी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved