नेकपा एकीकृत समाजवादीको बैठक आज पनि

महाधिवेशनको नयाँ मिति टुंगो लाग्ला ?

नेपालभ्युज

नेकपा एकीकृत समाजवादीको बैठक आज पनि

काठमाडौं । पार्टीको महाधिवेशनको मिति तय गर्न नसकेकेको एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालयको बैठकले आज महाधिवेशनको मिति टुंगो लगाउने नेताहरुले बताएका छन् ।

महाधिवेशनको मिति तोक्ने बारे हिजोको बैठकमा नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक लम्बिएको हो ।

यसअघि भदौ ५, ६, ७ मा ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कमिटीको बैठकले माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो ।

महाधिवेशन सार्ने प्रस्तावको बिषयमा आज बस्ने बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved