रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग नेपाल सरकारको आग्रह

नेपालभ्युज

रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाउन रुससँग नेपाल सरकारको आग्रह

काठमाडौं । रुस–युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन नेपाल सरकारले रुस सरकारसँग आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै युद्धमा ज्यान गुमाएका नेपालीको शव नेपाल पठाउन आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार युद्धमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार– ५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग– ६, दोलखा र गंगाराज मोक्तान इलाम– ५, इलामको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन समेत रुससमक्ष अनुरोध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved