कोशीका मन्त्रीले पाए मन्त्रालय, राईलाई आन्तरिक मामिला र उप्रेतीलाई पर्यटनको जिम्मेवारी

नेपालभ्युज

कोशीका मन्त्रीले पाए मन्त्रालय, राईलाई आन्तरिक मामिला र उप्रेतीलाई पर्यटनको जिम्मेवारी

काठमाडौं । कोशीका विनाविभागीय मन्त्रीहरूले मन्त्रालय पाएका छन् । आइतबार मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई मन्त्रालय तोकेर जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

राई कांग्रेस, उप्रेती माओवादी र जबेगु एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने आफैंसँग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved