जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौंः मन्त्री ज्वाला

नेपालभ्युज

जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्छौंः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गत आर्थिक वर्षको बाँकी रहेको व्यवसायीहरुको भुक्तानी दिएमात्रै अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताए । उनले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भनेपनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्थामा भने नरहेको दाबी गरे । उनले अर्थतन्त्र धेरै नै दबाबमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताए ।

मन्त्री ज्वालाले लगानी वृद्धिका निम्ति लगानी आकर्षित गर्नका लागि लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको र लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved