जलवायु परिवर्तनबाट पीडित देशका लागि कोषमा सञ्चालन, कुन देशले कति गरे सहयोग ?

नेपालभ्युज

जलवायु परिवर्तनबाट पीडित देशका लागि कोषमा सञ्चालन, कुन देशले कति गरे सहयोग ?

काठमाडौं । जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीबार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो । नोक्सान र क्षति कोषमा यो निर्णायक कार्यले संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औं सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिवद्धता जनइएको हो ।

यूएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आफ्नो आर्थिक प्रतिबद्धता जनाएका छन् । जसमा यूएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले ४ करोड पाउण्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि २ करोड पाउण्ड सहयोग गरेको छ । जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved