बैंकर्स संघका अध्यक्ष केसीले भने–ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ

नेपालभ्युज

बैंकर्स संघका अध्यक्ष केसीले भने–ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गरे । उनले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरे ।
उनले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताए । बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतीहरु रहेको उनले भनाइ राखे । उनले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताए ।
उनले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved