टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रचण्डको जवाफ- समाजमा ‘डिजिटल पोलुसन’ फैलियो, बन्द गर्नुको विकल्प भएन

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल टिकटकले समाजमा ‘डिजिटल पोलुसन’ फैलेको दाबी गर्दै बन्द गर्नुपरेको बताएका छन् ।

नेपालभ्युज

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रचण्डको जवाफ- समाजमा ‘डिजिटल पोलुसन’ फैलियो, बन्द गर्नुको विकल्प भएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटक प्रतिबन्धबारे सर्वोच्च अदालतलाई जवाफ दिएका छन् ।

अदालतले दिएको कारण देखाउ आदेशअनुरुप जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल टिकटकले समाजमा ‘डिजिटल पोलुसन’ फैलेको दाबी गर्दै बन्द गर्नुपरेको बताएका छन् ।

‘टिकटकको सकारात्मकका साथै नकारात्मक प्रयोग पनि भइरहेको देखिएकाले यो सामाजिक रोग तथा महामारीका रुपमा फैलिँदै गई प्रविधिगत प्रदुषण बढ्दै गएको हुँदा यसका समग्र नकारात्मक पक्षबाट समाज तथा समग्र राष्ट्रलाई नै सुरक्षित गरी बहुसंख्यक नागरिकको हित संरक्षण गर्ने अभिप्रायले यसको प्रयोगमा रोक लगाउने गरी निर्णय भएको हो’, जवाफमा प्रचण्डले भनेका छन् ।

सर्वोच्च अदालतमा टिकटकविरुद्ध १६ वटा रिट परेको छ । सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको थियो ।

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आगामी मंगलबारदेखि सर्वोच्च अदालतमा नियमित सुनुवाइ हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved