डडेल्धुरामा ओलीको भाषण- वर्तमान सरकार आफैँ ढल्छ, ढाल्नुपर्दैन

नेपालभ्युज

डडेल्धुरामा ओलीको भाषण- वर्तमान सरकार आफैँ ढल्छ, ढाल्नुपर्दैन

डडेल्धुरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसैले ढाल्न नपर्ने बताएका छन् । पूर्व-पश्चिम यात्रामा रहेका ओलीले यहाँ आएर यस्तो बताएका हुन् ।

“यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्काले अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन,” ओलीले भने ।

त्यसअघि उनले भने— हामीले अहिले मिसन-८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ ।

ओलीले नेपाली कांग्रेस प्रचण्डपथको भरिया बनेको टिप्पणी पनि गरे । “आफ्नै मान्छेलाई मुद्दा लगाएर थुनिदिएको छ । तैपनि कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । हो वा होइन, अदालतले भन्ला,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved