कानुनमन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबीच भेटवार्ता

नेपालभ्युज

कानुनमन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबीच भेटवार्ता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भारतीय कानुनमन्त्री अर्जुनराम मेघवालसँग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणमा रहेका कानुनमन्त्री गुरुङले नयाँ दिल्लीस्थित शास्त्री भवनमा भारतीय समकक्षी मेघवालसँग भेटवार्ता गरेको मेघवालले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन् ।

मेघवालका अनुसार उक्त भेटवार्ताका क्रममा दुई मुलुकबीच कानुनी र न्यायिक सहयोगलाई अभिवृद्धि गर्ने तथा द्विपक्षीय सम्बन्धलाई मजबुद बनाउने विषयमा कुराकानी भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved